बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डा.लोहनीको प्रश्न : संविधान उल्लंघन गर्नु अग्रगमन हो ?

शुक्रबार, २५ कात्तिक २०७९, १६ : २०
शुक्रबार, २५ कात्तिक २०७९

राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनीले नेपाली जनताले ठूला राजनीतिक पार्टीलाई गरेको विश्वासको दुरुपयोग भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता लोहनीले जनताको मत लिएर भागबन्डा, संविधान विघटनमा ठूला दल रमाएको बताए । ‘संविधान उल्लंघन गर्नु अग्रगमन हो ? विचार गर्ने बेला आएको छ ।

यहाँसम्म कि अहिले त राजदूतको पद पनि बिक्री भएको छ, करोडमा’, उनले आफुहरुले यसो भन्दा प्रतिगमनको बिल्ला भिराउने गरिएकोमा आपत्ति समेत जनाए । उनले अहिले ‘लथालिङ्ग देशको भताभुङ्ग चाला जुन पार्टीले सक्ला त्यही पार्टीले खाला’ भन्ने भएको भन्दै नव सामन्तवादका प्रेतात्माहरूले ‘कुत’ खाएर बसिरहेको आरोप लगाए । उनले यस्तै अवस्था रहे देशमा अशान्ति र अराजकता हुँदै युक्रेनको बाटोमा जाने र शासकहरुले सोही दिशामा लगिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप