एनआरएनएले डोटी भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने
शुक्रबार, २५ कात्तिक २०७९, १६ : ०९
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटीको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाइते भएका छन् । २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पूर्ण क्षति भएका छन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्