शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानिसले घाँस खान मिल्छ ?

शुक्रबार, २५ कात्तिक २०७९, १५ : ३८
शुक्रबार, २५ कात्तिक २०७९

साधारणतया घाँस विषालु हुँदैनन् । तर गाइवस्तुका लागि सबैभन्दा बढी यसैको प्रयोग हुन्छ । उनीहरुका लागि यसले पोषक तत्वको काम गर्छ । तर मानिसको पाचन क्रियामा घाँसको ‘न्युट्रिसनल भ्यालु’ किन कम हुन्छ ? मानिसले घाँसजस्तो हरियो बाली किन पचाउन सक्दैन ?

वास्तवमा घाँसमा थुप्रै यस्ता उच्च सान्द्रता (हाई कन्सन्ट्रेशन) भएका पदार्थ हुन्छन् जसलाई मानिसले पचाउन सक्दैनन् । घाँसमा लिगनिन, सेलुलोज र अर्गानिक पोलिमर हुन्छन्, यसले बोटबिरुवाको कोसिकाको निर्माणमा मद्दत गर्छ । लिगनिनका कारण बिरुवाले आफ्नो बलियो स्वरुप पाउँछ । यो एक निकै कडा रसायनिक पदार्थ हो जसलाई पचाउन मुश्किल हुन्छ । घाँसमा यो सबैभन्दा धेरै पाइन्छ ।

यद्यपि, केही प्रमाण यस्ता पनि पाइएका छन् जसमार्फत् के पत्ता लाग्छ भने हाम्रो आन्द्रामा यस्ता ब्याक्टेरिया छन् जसले लिगनिनलाई तोड्न सक्छन् । तर पूर्ण रुपमा होइन । किनभने हाम्रो शरीरमा यस्ता एन्जाइम छैनन् जसले घाँसलाई पूर्ण रुपमा तोडेर त्यसलाई पचाउन लायक बनाउन सकोस् । मानिसले सेलुलोज पनि पचाउन सक्दैन । यो पदार्थ पनि आन्द्रामा राम्रोसँग टुट्दैन । यो आन्द्रा हुँदै बाहिर निस्कने गर्छ । आफ्नो वास्तविक रुपमा । हो, यसैका कारण हाम्रो दिसाले एउटा आकार पाउँछ ।

मानिसले किन पचाउन सक्दैन ?

हामी जुन फल र सागसब्जी खान्छौँ, त्यसमा पनि सेलुलोज र लिगनिन हुन्छन् । तर यसमा यसको मात्रा निकै कम हुन्छन् । मानिसलाई यसलाई पचाउन सक्छन् । वा यसो भनौँ कि आफ्नो पाचन क्रियामा सन्तुलित गर्न सक्छन् । यस्तोमा बुझ्नुहोस् कि बगैँचामा उम्रने घाँसमा धेरैजसो पानी र लिगनिन हुन्छ । तर गाजरमा यो १ देखि २ प्रतिशत मात्रै हुन्छ । अर्थात्, यो खान योग्य फाइबर हो जसलाई सेलुलोज भनिन्छ । बाँकी कार्बोहाइड्रेट हुन्छ । त्यसैले पनि गाजर पच्ने गर्छ ।

वस्तुभाउले घाँस किन चपाइरहन्छन् ?

गाई, वस्तु, भेडा, जिराफ आदिले निकै आरामसँग घाँस पचाउन सक्छन् । उनीहरुको पाचन प्रक्रियालाई रुमिनेशन भनिन्छ । यी जनावरको पेट थुप्रै हिस्सामा बाँडिएको हुन्छ । यी सबै जीवले घाँसलाई धेरैपटक चपाउँछन् र निल्छन् । जुन निल्न सक्दैनन्, त्यसपछि पुनः चपाउँछन् र निल्छन् । यस्तो गर्दा गर्दै घाँस पूर्ण रुपमा पच्ने गर्छ । यस्तो गर्दा यी जीवको पाचन सुध्रिन्छ पनि । यत्ति धेरै बेर चपाएको घाँस जब उनीहरुको थुप्रै हिस्सामा बाँडिएको पेटमा जान्छन्, त्यो पच्ने गर्छन् । यिनीहरुको पेटमा यस्ता ब्याक्टेरिया हुन्छन् जसले घाँसलाई पचाउने गर्छ ।

पेटका लागि मात्रै नभई दाँतका लागि समेत हानिकारक

मानिस र थुप्रै अन्य जीवको पेट यति धेरै जटिल हुँदैनन् जति गाई–वस्तु–भेडा–बाख्राको हुन्छन् । घाँस तपाईंको पेटमा न त पच्छ, न सही नै हुन्छन् । यहाँसम्म कि यदि तपाईंले घाँस खाने कोसिस गर्नुभयो भने यसले तपाईंको दाँतलाई पनि बिगार्न सक्छ किनभने घाँसमा सिलिकाको मात्रा धेरै हुन्छ । यसले तपाईंको दाँत झार्न सक्छ । यहाँ तपाईंले के बुझ्नुपर्छ भने तपाईंलाई घाँस असाध्यै खान मन लाग्यो... खानुहोस् तर तपाईंको पेट दुख्नेछ । दाँत बिग्रनेछ । तपाईं कुपोषणको शिकार हुनसक्छन् ।

घाँसका केही प्रजाति छन् जसलाई मानिसले खान सक्छन्

मानिसले घाँस खानै हुँदैन भन्ने पनि होइन । घाँसका केही प्रजाति छन् जसलाई मानिसले खान सक्छन् । पचाउन सक्छन् । त्यसबाट पोषण पनि पाउन सक्छन् । जस्तै ः इन्डियन राइस ग्रास, नटग्रास, ब्रिस्तल ग्रास, टिमोथी ग्रास, व्हिट ग्रास, बार्ले ग्रास, क्यानरी ग्रास, क्रेब ग्रास, शेरगम र वाइल्ड ओट । यी घाँसलाई मानिसले निकै सजिलै पचाउन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप