शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गणेशमानको उत्तराधिकारी म हुँ : रवीन्द्र मिश्र

शुक्रबार, २५ कात्तिक २०७९, २३ : ०२
शुक्रबार, २५ कात्तिक २०७९

राप्रपाका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो दावी गरेका हुन् । 

‘गणेशमान सिंहको सुपुत्र प्रकाशमानजी आज मेरो निर्वाचन क्षेत्रमा १५ वर्ष सांसद भएपछि प्रतिस्पर्धी बन्नुभएको छ । मलाई यहाँ उभिएर यो दावी गर्न अप्ठेरो छैन, गणेशमान सिंहका सुपुत्र प्रकाशमानजी रगतले उहाँको उत्तराधिकारी हुनुहुन्छ, तर राजनीतिक रुपमा यो देशको लागि यो देशलाई शिरमा राखेर राजनीति गर्ने गणेशमानको दृढता, प्रतिवद्धता र त्यागका साथै देश अघि बढाउने परिकल्पना गर्नुभयो गणेशमानजीको हिसाबले राजनीतिको उत्तराधिकारीचाँही म हुँ’, मिश्रको भनाइ छ ।

उनले कांग्रेस एमाले, माओवादीभित्रको राजनीति विकृत भएकाले ती पार्टीका कार्यकर्तालाई एकपटक मन बदलेर देशको राजनीति सुधार्न र देश बदल्न आफ्नै नेतृत्वलाई एक चड्कन हान्न राप्रपालाई भोट हाल्न आग्रह गरे । उनले अबको केही वर्षभित्र देशमा मुख्य गरेर काँग्रेस,एमाले र राप्रपा मात्र बाँकी रहने दाबी समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप