सर्लाही २ मा कांग्रेसको समर्थन लोसपालाई, राजेन्द्र महतोले थाले घरदैलो
चारदलीय सत्तागठबन्धनले देशका सात निर्वाचन क्षेत्रमा लोसपासँग तालमेल गरेको छ । सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो । नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेको र लोसपा वरिष्ठ नेता राजेन्द्र महतो त्यही निर्वाचन क्षेत्रमा उठेकाले मिज्ञवत प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।
तर, पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा सर्लाही २ मा गठबन्धनको उम्मेदवार यादव भनेर विज्ञप्ति आयो । सत्तागठबन्धनले सो निर्णयसहितको विज्ञप्ति निकालेपछि लोसपाले पार्टीगत रूपमै प्रतिवाद गरेको थियो । गठबन्धनको संयुक्त विज्ञप्तिप्रति कांग्रेसमै पनि असन्तुष्टि थियो । किनकि मित्रवत् प्रतिस्पर्धा भनेको क्षेत्रमा कसैको पनि पक्षधर लिनु उचित हुन्नथ्यो । त्यही भएर कांग्रेसमा दुई धार देखिएको थियो ।
तर, अहिले कांग्रेस खुलेरै लोसपा उम्मेदवार राजेन्द्र महतोलाई जिताउन लागिपरेको छ । सो निर्वाचन क्षेत्रमा कांग्रेस नेता जंगीलाल राय प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । राय महतोको पक्षमा खुलेर लागेपछि सर्लाही २ को माहोल नै फेरिएको छ । शुक्रबार बिहान लोसपा र कांग्रेसको अगुवाइमा हरपुर्वा नगरपालिकाको बसतपुरमा राजेन्द्र महतो र जंगीलाल राय संयुक्त रूपमा घरदैलो कार्यक्रममा निस्केका थिए । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने