प्रभु बैंकद्वारा भिसा डाइरेक्ट सेवा सञ्चालनमा
शुक्रबार, २५ कात्तिक २०७९, १४ : ३५
प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवामार्फत् बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई विदेशबाट बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने जनाइएको छ ।
यस सेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत् बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा