खुल्ला ठाउँमा आगो नबाल्न काठमाडौं महानगरपालिकाको अनुरोध
शुक्रबार, २५ कात्तिक २०७९, १४ : २७

काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बाल्न निषेध गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी खुल्ला रुपमा आगो बाल्ने तथा फोहोर गर्ने कार्यलाई प्रतिबन्ध गरेको जानकारी दिएको हो । खुल्ला रुपमा आगो बाल्दा वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।
सूचनामा कहीँ कतै कसैले आगो बालेमा वा फोहोर गरेमा काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन– २०७७ बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक