सेमिफाइनल हारपछि भावुक बने विराट कोहली, ट्वीटरमा लेखे ‘मनको कुरा’

अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भारतीय टोली नराम्ररी पराजित भएको छ । इङ्ग्ल्यान्डले भारतलाई १० विकेटले हरायो ।
अब आइतबार पाकिस्तानले इङ्ग्ल्यान्डको सामना गर्नेछ । भारतको तर्फबाट यो विश्वकपको स्टार रहेका विराट कोहलीले अब ट्वीटमा आफ्नो निराशा व्यक्त गरेका छन् । अष्ट्रेलियाबाट भारत जानुअघि उनले ट्वीट गर्दै आफ्नो सपना पूरा नगरी निराशाका साथ अस्ट्रेलिया छाडिरहेको लेखेका छन् ।
उनले लेखेका छन्, ‘एक समूहको रूपमा हामी धेरै अविस्मरणीय पलहरू र थप राम्रो गर्ने लक्ष्यलाई हामीसँग लिएर गइरहेका छौँ ।’ विराट कोहलीले भारतीय टोलीलाई समर्थन गर्न ठूलो संख्यामा स्टेडियममा आएका सबै क्रिकेट फ्यानहरूलाई धन्यवाद पनि दिए ।
भारतको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्दा सधैं गौरवको अनुभूति हुने उनले लेखेका छन् । यो विश्वकपमा भारतले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर भारतको टोली सेमिफाइनलमा पराजित भयो ।
यस विश्वकपमा भारतले दुई खेल मात्रै हारेको छ । समूह चरणमा दक्षिण अफ्रिकासँग र सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग । विराट कोहली भारतका लागि सबैभन्दा ठूलो खेलाडी साबित भए । उनले ६ खेलमा २९२ रन बनाए, जुन यस विश्वकपमा सबैभन्दा धेरै रन हो । उनले सेमिफाइनलमा पनि अर्धशतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनामापछि विश्वविद्यालय उपकुलपतिविहीन