थानीको घोषणा : वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर बनाइन्छ

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हृदयराम थानीले वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर बनाउने संकल्प लिएका छन् । आफ्नो १६ बुँदे संकल्पपत्र सार्वजनिक गर्दै उनले हाल कायम रहेको नगरपालिकालाई उपमहानगरपालिका बनाउने बताएका हुन् । यद्यपि यसअघि वीरेन्द्रनगर नगरपालिकाका नगर–प्रमुख मोहनमाया ढकालले समेत उपमहानगर बनाइने घोषणापत्रमा लेखेकी थिइन् ।
गठबन्धनका साझा उम्मेदवार रहेका कांग्रेस नेता थानीले वीरेन्द्रनगरको फोहोर व्यवस्थापन जस्ता नगरपालिकाले गर्ने कामहरू पनि आफ्नो संकल्प पत्रमा राखेका छन् । सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्ने, कोहलपुर–सुर्खेत अन्तर्गत रत्न राजमार्गको स्तरोन्नति, सुर्खेत विमानस्थल समस्याको उपयुक्त निकास खोज्नेदेखि पश्चिमको बड्डीचौर, गुटु, बेनीघाट सडक स्तोरन्नति गर्ने कुरा उल्लेख गरेका छन् ।
विमानस्थल र खानेपानीको एजेन्डा अन्य दलहरूले पनि प्रमुखताका साथ उठाइरहेका छन् । वीरेन्द्रनगरको प्रमुख समस्या भनेको खानेपानी हो । ‘त्यही समस्यालाई मध्यनजर गर्दै मैले पनि सोही एजेन्डा उठाएको हो,’ थानीले भने– ‘ प्रदेश राजधानी वीरेन्द्रनगरलाई केन्द्र बनाएर धार्मिक तथा पर्यटकीय सर्किट सञ्चालन गरिनेछ ।’
साथै उनले चौकुने गुटु र लखरपाटा सिमेन्ट उद्योग स्थापना गरिने पनि बताएका छन् । थानी ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थिए । अहिले उनी गठबन्धनको बलमा चुनाव जित्ने रणनीतिमा छन् । थानीको प्रतिस्पर्धीको रुपमा एमालेले अमृत विसीलाई अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै