टिकट बिक्रीमा कान्तराको रेकर्ड
शुक्रबार, २५ कात्तिक २०७९, ११ : ०३

ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्स अफिसमा धमाल मच्चाइरहेको छ । फिल्मले २७६ दशमलब ५६ करोडको कलेक्सन गरिरहँदा टिकट बिक्रीमा पनि नयाँ रेकर्ड कायम गरेको छ ।
पौराणिक कथामा आधारित यो कन्नड फिल्मले कर्नाटकमा १ करोड टिकट बिक्रीको रेकर्ड राखेको हो । १६ करोड रुपैंयाँमा बनेको यो फिल्मले एक्लै कन्नड भर्सनमा ४१ दिनमा १५१ दशमलब ८० करोड रुपैंयाँको कमाई गरेको छ । फिल्मको विश्वव्यापी कमाई ३५३ करोड रुपैंयाँ बढी छ ।
फिल्ममा ऋषभकै लेखन र प्रमुख भूमिकामा अभिनय छ । ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भएको यो फिल्म १४ अक्टोबरमा हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज भएको थियो । सबै भाषामा ४१ दिनमा फिल्मले देशमा २ ७६ दशमलब ५६ करोड रुपैयाँ नेट कलेक्सन गरेको छ । जबकि यसको ग्रस कमाई करिब ३२५ करोड रुपैंयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ