शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिजमा बलिउड फिल्म ‘उचाइ’

शुक्रबार, २५ कात्तिक २०७९, १० : ४४
शुक्रबार, २५ कात्तिक २०७९

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि बलिउड फिल्म ‘उचाइ’ प्रदर्शनमा आएको छ । ४ मंसिरको निर्वाचनका कारण यो समय कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो । 
यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन । किनभने अघिल्लो साता रिलिज भएको ‘लाखे’ र दुई साता अगाडि रिलिज भएको ‘महापुरुष’ ले अझैकेही हल कब्जा गरेका छन् ।
‘उचाइ’ नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको फिल्म हो ।

ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपाल भित्र्याएको हो । नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग समेत गरिएको फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा निर्माण गरिएको फिल्म राजश्री प्रोडक्सनले निर्माण गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप