बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काराबाओ कप : लिभरपुल र सिटी चौथो चरणमा भिड्दै

शुक्रबार, २५ कात्तिक २०७९, ०९ : २५
शुक्रबार, २५ कात्तिक २०७९

प्रिमियर लिग क्लब लिभरपुल र म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको चौथो चरणमा भिड्ने भएका छन् । इङ्ल्यान्डले एफएले शुक्रबार सार्वजनिक गरेको चौंथो चरणको ‘ड्र’ मा सिटीले लिभरपुललाई प्रतिद्धन्दी पाएको हो ।

आठ पटकको च्याम्पियन म्यानचेस्टर सिटीले चौथो चरणमा लिभरपुलको सामना गर्ने भएको छ । यता लेस्टर एमके ले डोन्ससँग खेल्दा म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछ ।

त्यस्तै न्युकासलले बर्नेमाउथसँग खेल्दा ब्राइटनले चार्लसँग खेल्नेछ । यस्तै साउथह्याम्पटनले लिन्कोल सिटीलाई प्रतिद्धन्दी पाएको छ भने उल्भ्सले गिलिनघमको सामना गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप