रोनाल्डोको कप्तानीमा विश्वकपका लागि पोर्चुगल टोली घोषणा
पाँचौ पटक फिफा विश्वकप खेल्ने तयारीमा रहेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल राष्ट्रिय टोली घोषणा भएको छ ।
प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डो सहित ब्रुेना फर्नान्डेज, जोआओ क्यन्सेलो, बर्नान्डो सिल्भा, रुवेन डायस सहित २६ सदस्यीय टोली छनोट गरेका हुन् ।
३६ वर्षीय रोनाल्डोसँगै ३९ वर्षीय भेट्रान डिफेन्डर पेपेले समेत टोलीमा स्थान बनाएका छन् । घाइते भएका लिभरपुरका स्ट्राइकर डिएगो जोटा भने टोलीमा हुने छैनन् ।
समूह ‘एच’ मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्दै विश्वकप खेल्नेछ । यसैगरी २८ नोभेम्बरमा उरुग्वेसँग दोसे र २ डिसेम्बरमा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
पोर्चुगल टोली
गोलकिपरः डिओगो कोस्ट, रुई प्याट्रिसियो, जोसे सा
रक्षकः जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा, एन्टोनियो सिल्भा
मिडफिल्डरः विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा
स्ट्राइकर– जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म