परिजितालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत नेपाली समुदायसँग मत माग्दै
शुक्रबार, २५ कात्तिक २०७९, ०७ : ११
![परिजितालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत नेपाली समुदायसँग मत माग्दै](https://rpcdn.ratopati.com/media/albums/prem_30QuB2nowg.jpg)
अमेरिकी द भ्वाइसकी प्रतिस्पर्धी १७ वर्षीय नेपाली मूलकी परिजिता बास्तोलालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत सबैलाई आह्वान गरेका छन् । द भ्वाइसको २२ औ संस्करणको १६ औं स्थानमा पुगेकी बास्तोलालाई जिताउन सबै लाग्नु पर्ने महतले बताउँदै आएका छन् ।
महतले बाल्टिमोर स्थित आफ्नै चमेना गृह नेपाल हाउसमा परिजितालाई निमन्त्रणा गरि शुभकामना पनि दिएका छन् । उनले अग्रिम बधाई दिदै नेपाली समूदायको साथले बास्तोलाले सफलता पाउने विश्वास व्यक्त गरे ।
उनले भने नेपाली छोरीले विश्वमा तहल्का मच्चाएको हेर्न हामी आतुर छौँ, त्यसैले उनलाई एक मत दिन बन्जुस्याइ नगरौं ।