स्कुल बसको ठक्करबाट जुम्लामा एक बालकको मृत्यु
शुक्रबार, २५ कात्तिक २०७९, ०६ : ३४
जुम्लामा बसको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो ।
तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेको उनले बताए ।
दिउँसो करिब ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो । बस र चालक प्रहरीको नियन्त्रणमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी