माल्दिभ्समा आगलागी, कम्तीमा १० जनाको मृत्यु

माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा बिहीबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भवनको भुइँ तलामा रहेको ग्यारेजमा आगलागी भएको थियो भने भवनको पहिलो तल्लामा केही आप्रवासी कामदार रहेका थिए ।
प्रहरीका अनुसार ती कामदार बङ्गलादेश, भारत र श्रीलङ्काका नागरिक हुन् । भवनमा आगलागी भएपछि दमकल घटनास्थलमा पुगेको र आगो निभाउन केही घण्टा लागेको बताइएको छ ।
फायर एन्ड रेस्क्यु सर्भिसका अनुसार घटनामा १० जनाको मृत्यु भएको छभने २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको छ उनीहरूका अनुसार भवनबाट फेला परेका शवहरू अनुहार चिन्न नसकिने गरी जलेकाले मृतकको पहिचान गर्न गाह्रो भएको बताइएको छ ।
आगलागीको कारण अझै थाहा हुन सकेको छैन । अधिकारीका अनुसार मृत्यु भएका १० जनामध्ये आठजना भारतीय, एक बङ्गलादेशी र अन्य रहेका मालदिभ्सको आभास पत्रिकाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । मृतकमध्ये एक जनाको समाचार तयार पार्दासम्म पहिचान खुल्न सकेको छैन ।
मालदिभ्सको सञ्चार स्रोतका अनुसार मृतकमध्ये अधिकांश व्यक्ति उनीहरूकै कोठा र बाथरूममा फसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालकको खपेटासहित चार जना पक्राउ
-
माओवादीबाट निर्वाचित जनप्रतिनिधिको भेलाद्वारा ३० बुँदे प्रतिबद्धता पारित (पूर्णपाठ)
-
बंगलादेशले पाँच महिना नेपालबाट ४० मेगावाट बिजुली पाउने
-
तरुण दलको पूर्णकालीन सदस्यता वितरणको तालिका प्रभावित हुने सम्भावना
-
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको पत्रविरुद्ध कानुनी उपचार खोज्छौँ: एनआरएनए
-
‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने