सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

माल्दिभ्समा आगलागी, कम्तीमा १० जनाको मृत्यु

बिहीबार, २४ कात्तिक २०७९, २२ : ४१
बिहीबार, २४ कात्तिक २०७९

माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा बिहीबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भवनको भुइँ तलामा रहेको ग्यारेजमा आगलागी भएको थियो भने भवनको पहिलो तल्लामा केही आप्रवासी कामदार रहेका थिए ।

प्रहरीका अनुसार ती कामदार बङ्गलादेश, भारत र श्रीलङ्काका नागरिक हुन् । भवनमा आगलागी भएपछि दमकल घटनास्थलमा पुगेको र आगो निभाउन केही घण्टा लागेको बताइएको छ । 

फायर एन्ड रेस्क्यु सर्भिसका अनुसार घटनामा १० जनाको मृत्यु भएको छभने २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको छ  उनीहरूका अनुसार भवनबाट फेला परेका शवहरू अनुहार चिन्न नसकिने गरी जलेकाले मृतकको पहिचान गर्न गाह्रो भएको बताइएको छ ।  

आगलागीको कारण अझै थाहा हुन सकेको छैन । अधिकारीका अनुसार मृत्यु भएका १० जनामध्ये आठजना भारतीय, एक बङ्गलादेशी र अन्य रहेका मालदिभ्सको आभास पत्रिकाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । मृतकमध्ये एक जनाको समाचार तयार पार्दासम्म पहिचान खुल्न सकेको छैन ।

मालदिभ्सको सञ्चार स्रोतका अनुसार मृतकमध्ये अधिकांश व्यक्ति उनीहरूकै कोठा र बाथरूममा फसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप