हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी
बिहीबार, २४ कात्तिक २०७९, २१ : ५४

इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ का एक वरिष्ठ कमान्डरले इरानले ‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ निर्माण गरेको बताएका हुन् ।
आईआरजीसीको एयरोस्पेस डिभिजनका कमान्डर अमिर अली हाजिजादेहलाई उद्धृत गर्दै इरानको प्रेस टिभी नेटवर्कले भनेको छ, “यो क्षेप्यास्त्रको गति उच्च छ र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवै तर्फ चल्न सक्छ ।”
“नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्छ,” उनले भने ।
हाजिजादेहले भने- “मेरो विचारमा नयाँ क्षेप्यास्त्रको सामना गर्न सक्ने प्रविधि आगामी दशकमा हासिल हुनेछ, यसले शत्रुको एन्टी–मिसाइल प्रणालीलाई निशाना बनाउन सक्छ र यसको उत्पादनले नयाँ पुस्ताका क्षेप्यास्त्रको विकासमा ठूलो फड्को मारेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?
-
निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव
-
१४ दिनदेखि सडकमै छन् शिक्षक, भर्ना अभियान अन्योल (तस्बिरहरू)
-
सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय