इरानसँगको वार्तामा कुनै प्रगति भएको छैन : आणविक निगरानी संस्था
बिहीबार, २४ कात्तिक २०७९, २१ : ३०
संयुक्त राष्ट्रसंघ आणविक निगरानी संस्थाले बिहीबार इरानसँग तीन साइटहरूमा अघोषित आणविक सामग्रीको बारेमा छलफल भए पनि कुनै प्रगति नभएको बताएको छ । तर यो महिना तेहरानको नयाँ भ्रमणको योजना बनाइएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले एएफपीलाऐ बताएअनुसार महानिर्देशक (राफेल ग्रोसी) गम्भीर रूपमा चिन्तित छन् र अझै पनि बाँकी रहेका सुरक्षाका मुद्दाहरू स्पष्ट गर्न र समाधान खोज्ने कुरामा कुनै प्रगति हुन सकेको छैन।