आम निर्वाचनको पर्यवेक्षणसम्बन्धी तयारी पूरा
मङ्सिर ४ गते हुने निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले जानकारी दिएको छ । इओसी नेपालले आज रिपोटर्स क्लब नेपालमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी कार्यहरूको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको हो ।
लामो समयका लागि ४६ जिल्लामा ४६ पर्यवेक्षक र छोटो समयका लागि ७५ जिल्लाका निर्वाचन क्षेत्रमा इओसी नेपालका पर्यवेक्षकले निर्वाचनको विविध पक्ष तथा आयामको पर्यवेक्षण गर्नेछ । इओसी नेपालले पर्यवेक्षक परिचालन गरी आवश्यक दक्षतासम्बन्धी पाँच दिने तालिम पनि सम्पन्न गरेको छ । निर्वाचनमा कुल पाँच सय छ जना पर्यवेक्षक परिचालन हुँदैछन् । निर्वाचन आयोगबाट आवश्यक स्वीकृति लिएर पर्यवेक्षकको परिचयपत्रसमेत प्राप्त गरी सम्बन्धितलाई वितरण कार्य भइरहेको इओसी नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यवेक्षकको सूचीमा आदिवासी, जनजाति, खस-आर्य, थारू, दलित, मधेसी, मुस्लिमलगायतको प्रतिनिधित्व गराइएको छ ।
पर्यवेक्षकहरू परिचालित निर्वाचन केन्द्रमा मतदान अघि नै पुगेर मतगणना सम्पन्न गरी नतिजा प्रकाशन हुँदाको समयसम्म सम्बन्धित स्थानमा खटिने छन् । निर्वाचन आचारसंहिताको अतिरिक्त निर्वाचनको प्रक्रिया तथा विधि र विषयमाथि समेत अध्ययन, अवलोकन गरी प्राप्त सूचनालाई आधारभूतरूपमा ग्रहण गर्दै पर्यवेक्षण गर्ने जारी विज्ञप्तिमा जनाइएको छ । यसपटकको निर्वाचनमा जेलका कैदीबन्दी र वृद्धाआश्रमका वृद्धावृद्धाले पनि पहिलोपटक मतदान गर्न मिल्ने व्यवस्था भएको निर्वाचन पर्यवेक्षक समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलले बताए । जेल र वृद्धाश्रममा पनि अहिले मतदान केन्द्र स्थापना भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते