आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारले भन्यो–अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पना गर्न सकिँदैन

बिहीबार, २४ कात्तिक २०७९, २० : ३७
बिहीबार, २४ कात्तिक २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आयोग पूर्ण प्रतिवद्ध रहेको भन्दै अदालतको निर्णयको सम्मान गरिने बताएको छ । बिहिबार साँझ अख्तियारका प्रवक्ता (सह–सचिव) श्याम प्रसाद भण्डारीले विज्ञप्ति जारी गरेर भनेका छन्–‘सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पना पनि गर्न सकिँदैन ।’ 

कार्तिक २२ मा आयोगले पत्रकार सम्मेलन गरेर विशेष अदालतमा आयोगले दायर गरेको मुद्दामा चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरेको मुद्दाबारे जानकारी गराएको थियो । कार्तिक २२ मा आयोगले प्रकाशित गरेको विज्ञप्ति उपर नेपाल बार एसोसिएसनले आपत्ति जनाउँदै न्यायिक स्वतन्त्रतामा आघात पु¥याउने काम गरेको आरोप लगाएको छ । आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन–०४८ लगायतका कानुन अनुसार विशेष अदालतमा मुद्दा दायर गर्दै आएको छ । 

विशेष अदालतको फैसलामा चित्त नबुझेमा सर्वोच्च अदालतमा आयोगले पुनरावेदन गर्ने कानुनी व्यवस्था छ । आयोगले ‘असल मनसाय’ले पुनरावेदन गरिएका मुद्दाबारे विज्ञप्ति प्रकाशन र पत्रकार सम्मेलन गरेर जानकारी गराएको प्रवक्ता भण्डारीले जानकारी दिएका छन् । सो विषय सार्वजनिक नियकाहरुबीच भ्रम सिर्जना र द्वन्द्व निम्त्याउने प्रकृतिबाट सम्प्रेषण भएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप