रौतहटमा आजदेखि मदिरा प्रतिबन्ध
बिहीबार, २४ कात्तिक २०७९, १९ : ४४
जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबारदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले एक सूचना जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी जिल्ला भरिमा मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएका हुन् ।
मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ ‘थ’ बमोजिम तथा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको निर्णय अनुसार आजैदेखि लागू हुने गरी निर्वाचनको अन्तिम परिणाम नआएसम्म जिल्लाभरिमा मदिरामा प्रतिबन्ध गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान