शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अमेरिकाबाट पठाएको १० किलो गाँजा काठमाडौंमा बरामद

बिहीबार, २४ कात्तिक २०७९, १८ : २०
बिहीबार, २४ कात्तिक २०७९

अमेरिकाबाट पार्सलमा लुकाएर पठाएको १० किलो ३ सय ग्राम गाँजा प्रहरीले काठमाडौंबाट बरामद गरेको छ । बच्चाहरुको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाएर पठाएको गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिए ।

गाँजा रिसिभ गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान घर भएका ३४ वर्षीय बीर बहादुर बुढाथोकी र भारतिय नागरिक २५ वर्षीय राजा कुमार छन् । सो गाँजा नक्सालस्थित सांग्रिला टुर्स प्रालिको कार्यालयबाट बरामद गरिएको ब्यूरोका एसएसपी विकाश राज खनालले जानकारी दिए ।

विमानस्थलबाट सो गाँजा भारतीय नागरिकले भारत लैजान लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप