बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक

बिहीबार, २४ कात्तिक २०७९, १८ : ०४
बिहीबार, २४ कात्तिक २०७९

दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो ।​ हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता भोलि शुक्रबार र शनिबार हुनेछ ।

खेलपाटी डटकमको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सेन्चुरी बैंक, सुर्य लाइफ इन्सुरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक रहेको छ ।

समूह ‘बी’ मा नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स रहेको छ । समूह ‘सी’ मा सांग्रिला बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र प्रिमियर इन्सुरेन्स रहेको छ । समूह ‘डी’ मा एनएमबी बैंक, महालक्ष्मी विकास बैंक , शाइन रेसुंगा बैंक र सिद्दार्थ बैंक रहेको छ ।समूह ‘ई’ मा सगरमाथा इन्सुरेन्स, सानिमा बैंक, गुर्खास फाइनान्स र राष्ट्रिय बीमा संस्थान रहेको छ ।

समूह ‘एफ’ मा कुमारी बैंक, हिमालयन बैंक, मुक्तिनाथ बैंक र मेगा बैंक रहेको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

यस्तै हरेक समूहको तेस्रो स्थानमा रहनेबाट गोलापर्थाबाट थप ४ टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ को सेन्चुरी बैंक र सुर्य लाइफ इन्सुरेन्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान ८ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा पहिलो पटक दुई महिला टोलीले सहभागिता जनाउँदै छन् । यस पटक आयोजक कामना र माछापुच्छ्रेले सहभागिता जनाउँदै छन् । दुई टोलीबीच शनिबार सिधै फाइनल खेल हुनेछ ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीको प्राविधिक सहयोग हुनेछ । पहिलो सँस्करणको उपाधि सिद्धार्थ बैंकले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप