शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्र भण्डारी मुलुकको हित चिताउने नेता : डा.गोविन्द केसी

बिहीबार, २४ कात्तिक २०७९, १७ : ४४
बिहीबार, २४ कात्तिक २०७९

सत्याग्रही डा.गोविन्द केसीले गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका डा.चन्द्र भण्डारीलाई जितको शुभकामना दिएका छन् । बिहीबार काठमाडौँको माइतीघरमा भएको भेटघाटका क्रममा डा.केसीले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र वेतिथि नियन्त्रणका लागि भण्डारीको जित महत्वपूर्ण रहेको भन्दै शुभकामना दिएका हुन् ।

त्यसक्रममा डा.केसीले राष्ट्र, राष्ट्रियता र मुलुकको रुपान्तरणका लागि स्पष्ट दृष्टिकोण भएका युवा नेताहरूले निर्वाचन जित्नुपर्ने बताए । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका भण्डारी युवा माझ लोकप्रिय मानिन्छन् । कृषि, पर्यटनको सम्भावना भएको गुल्मीलाई देशकै नमुना जिल्ला बनाउने प्रतिवद्धतासहित चुनावी मैदानमा होमिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप