शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका कार्यकर्ताले म माथि आक्रमण गरे : पुन

बिहीबार, २४ कात्तिक २०७९, १७ : ३९
बिहीबार, २४ कात्तिक २०७९

कपिलवस्तुका टुकलाल पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी पुनले सो आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा उनले आफू विप्लवका कार्यकर्ताहरूले आक्रमण गरेर आफू घाइते भएको समेत बताए । 

‘कात्तिक २२ गते दिउँसो १ बजेतिर महिला संगठनको अध्यक्षको घरमा छलफल गरिरहेको अवस्थामा ६/७ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले ममाथि एक्कासि आक्रमण गरे’ उनले भने– ‘उनीहरूले एक्कासि टुकलाल भन्ने तै हैनस्, तैले बिद्रोह गरेर हाम्रो पार्टी कमजोर बनाइस् भन्दै टाउकोमा आक्रमण गरेपछि म ढलें ।’ 

यस्तै टुकलालकी श्रीमतीले आफ्नो श्रीमानलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप लगाइन् । उनले आक्रमण गर्नेहरूलाई अपराधीको संज्ञा दिँदै कडा कारबाही गर्न सम्बन्धित निकायसँगआग्रह गरिन् । 

यस्तै नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले पनि टुकलाल माथिको आक्रमणको निन्दा गरेका छन् । उनले टुकलाल आफ्नो पार्टीको कार्यकर्ता भएको बताउँदै विप्लवका सैद्धातिक विचलनहरू सतहमा आएपछि आफुहरुले पार्टी पुनर्गठन गरेको र त्यसपछि विप्लवको पार्टी अस्तित्व रक्षाको चरणमा पुगेकाले अतालिएर आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गर्न थालेको बताए ।

‘पार्टी अलग हुनु त राजनीतिक कुरा हो तर राजनीतिक विषयमा वैचारिक राजनीतिक छलफल गर्नुको साटो विप्लवले हाम्रा कार्यकर्तामाथि आक्रमण गरेर आफ्नो असली गुण्डागर्दी र अपराधी चरित्र देखाए’ उनले भने । बास्तोलाले विप्लवको यो पुरानै चरित्र भएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप