शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

माघमा पुष्प र वर्षाको फिल्म ‘मनसँग मन’

बिहीबार, २४ कात्तिक २०७९, १७ : ३७
बिहीबार, २४ कात्तिक २०७९

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’ माघको २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । भारतमा केही अगाडि प्रदर्शनमा आएको फिल्म कैलाश राईले निर्देशन गरेका हुन् । 

अरुण तामाङ निर्माता रहेको फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दा लगायतको अभिनय रहेको छ । फिल्ममा पल शाह र पूजा शर्माको पनि विशेष भूमिका छ ।

अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी  लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको पिःल्म प्रेमकथामा निर्माण भएको हो । फिल्म मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा पनि रिलिज हुने निर्माण युनिटले जनाएकोछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप