डोटीका भूकम्प पीडितलाई अफ्रिकामा राहत संकलन
सुदूरपश्चिममा हालै गएको भूकम्पबाट प्रभावित परिवारलाई तत्काल राहत सहयोग गर्न अफ्रिकाका गैरआवासीय नेपालीहरूले आर्थिक सहयोग जुटाउने अभियान थालेका छन् । गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा सुरु गरिएको अभियानमा गैरआवासीय नेपाली संघ नाइजेरिया, रुपारेलिया फाउन्डेसन युगान्डा र पदम एन्ड शान्ति भण्डारी फाउन्डेसन बोत्स्वानाले सहयोग गरेका छन् ।
युगान्डाको सबैभन्दा ठूलो औद्योगिक घराना रुपारेलिया ग्रुपका अध्यक्ष तथा युगान्डाका लागि नेपालका मानार्थ दूत डा.सुधीर रुपारेलियाले रुपारेलिया फाउन्डेसन मार्फत पाँचहजार अमेरिकी डलर सहयोग गरेका छन् । यसैगरी एनआरएनए नाइजेरियाले एक लाख नेपाली रुपैयाँ र बोत्स्वानास्थित पदम एन्ड शान्ति भण्डारी फाउन्डेसनले ५०१ अमेरिकी डलर सहयोगको प्रतिबद्धता जनाएका छन्।
थापाका अनुसार सहयोग संकलन यथाशीघ्र गरिने र धनगढीस्थित ह्य्मानिटी फाउन्डेसन नेपाल र टीकापुर सरोकार समूहको सहयोगमा पीडितलाई राहत हस्तान्तरण गरिनेछ । सहयोग राशी पुरै स्थानीय निकायको उपस्थितिमा पीडितले पाउनेछन् र स्थानीय प्रशासनिक खर्च सहयोगी संस्थाहरूले बेहोर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा