सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

दराजसँग सानिमा बैंकको सहकार्य

बिहीबार, २४ कात्तिक २०७९, १६ : ५४
बिहीबार, २४ कात्तिक २०७९

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु ३,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । 

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिने जनाइएको छ । यो योजना कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप