शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२० लाख बढी भ्रष्टाचार आरोपमा तत्कालीन गाविस अध्यक्षसहित ७ जनाविरुद्ध अख्तियारको एक्सन

बिहीबार, २४ कात्तिक २०७९, १६ : ५१
बिहीबार, २४ कात्तिक २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतलगायत ७ जनाले सरकारी सम्पत्तिमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

गाविस अध्यक्ष हिरा केवट, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुबोधराज भट्टराई, व्यवसायीक माछा व्लक संचालक समिति अध्यक्ष उमेश केवट, सचिव नरेन्द्र चौधरी र सहानी सः मिल सञ्चालक दुर्गावती केवटले प्रधानमन्त्री कृषि आधुनिकरणको रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

उनीहरुले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तानतरण र मोटरसाइकल खरिद लगायतमा परेको उजुरीका आधारमा गरेको अनुसन्धानपछि अदालतमा विगो दावीसहित आरोपपत्र दायर गरेको हो । उनीहरुबाट प्रतिव्यक्ति २० लाख ७५ हजार विगो मागदावी गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप