राप्रपाको चुनावी अभियानमा सक्रिय हुने मनिषा कोइरालाको घोषणा
अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा चुनावी अभियानमा सक्रिय हुने घोषणा गरेकी छिन् ।
मनिषाले राप्रपाको कार्तिक २५ गते काठमाडौँको वसन्तपुरमा दिउँसो १ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएको छ । काठमाडौँ अघि उनले पोखरा र स्याङ्जामा हुने सभालाई पनि सम्बोधन गर्ने जानकारीमा उल्लेख छ ।
उनले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको पक्षमा चुनावी अभियानमा सक्रिय हुनका लागि घर फर्कन लागेको जानकारी ट्वीटरमार्फत् दिएकी छिन् ।
उनले राजेन्द्र लिङ्देनलाई युवा र दूरदर्शी नेताको रुपमा वर्णनसमेत गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘ राष्ट्रवाद र देशको ऐतिहासिक र सांस्कृतिक विरासतको राजेन्द्रको बुझाईले उनलाई देशका अन्य समकालीन राजनीतिज्ञभन्दा माथि राख्छ ।’
यसका साथै, उनले आफू बीपीबाट प्रेरित भएकोसमेत बताएकी छिन् । उनी लेख्छिन्, ‘म राजनीतिमा र मेरो राष्ट्रिय कर्तव्यप्रति बीपीबाट प्रेरित छु । देशलाई यसको संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक अन्तर्गत जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टी चाहिन्छ ।’
उनले राप्रपालाई भोट किन दिने भनेर पनि आफ्नो ट्विटमा लेखेकी छिन् । उनी थप्छिन्, ‘प्रगतीशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत र राष्ट्रवादीहरुको बहिष्कारले देशको सामाजिक र राजनीतिक ढाँचालाई नराम्रोसँग धक्का पुगेको छ । हामीले यसलाई ठिक गर्न आवश्यक छ । ’
आफूले धेरै ठाउँमा यात्रा गर्न नसकेपनि राप्रपालाई नै भोट दिन समग्र नेपालीलाई अपिलसमेत गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्घाखाँचीमा यात्रु बस दुर्घटना, ३ जनाको घटनास्थमै मृत्यु
-
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
-
हुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
मुआब्जा समस्या समाधान हुने भएपछि रेल्वे आयोजना पीडितको आन्दोलन स्थगित
-
काठमाडौंमा भूकम्पको धक्का महसुस
-
दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन भोलिदेखि, विश्वभरका वैज्ञानिक आउने