शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको चुनावी अभियानमा सक्रिय हुने मनिषा कोइरालाको घोषणा

बिहीबार, २४ कात्तिक २०७९, १६ : ४४
बिहीबार, २४ कात्तिक २०७९

अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा चुनावी अभियानमा सक्रिय हुने घोषणा गरेकी छिन् ।

मनिषाले राप्रपाको कार्तिक २५ गते काठमाडौँको वसन्तपुरमा दिउँसो १ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएको छ । काठमाडौँ अघि उनले पोखरा र स्याङ्जामा हुने सभालाई पनि सम्बोधन गर्ने जानकारीमा उल्लेख छ ।

उनले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको पक्षमा चुनावी अभियानमा सक्रिय हुनका लागि घर फर्कन लागेको जानकारी ट्वीटरमार्फत् दिएकी छिन् ।

उनले राजेन्द्र लिङ्देनलाई युवा र दूरदर्शी नेताको रुपमा वर्णनसमेत गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘ राष्ट्रवाद र देशको ऐतिहासिक र सांस्कृतिक विरासतको राजेन्द्रको बुझाईले उनलाई देशका अन्य समकालीन राजनीतिज्ञभन्दा माथि राख्छ ।’

यसका साथै, उनले आफू बीपीबाट प्रेरित भएकोसमेत बताएकी छिन् ।  उनी लेख्छिन्, ‘म राजनीतिमा र मेरो राष्ट्रिय कर्तव्यप्रति बीपीबाट प्रेरित छु । देशलाई यसको संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक अन्तर्गत जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टी  चाहिन्छ ।’

उनले राप्रपालाई भोट किन दिने भनेर पनि आफ्नो ट्विटमा लेखेकी छिन् । उनी थप्छिन्, ‘प्रगतीशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत र राष्ट्रवादीहरुको बहिष्कारले देशको सामाजिक र राजनीतिक ढाँचालाई नराम्रोसँग धक्का पुगेको छ । हामीले यसलाई ठिक गर्न आवश्यक छ । ’

आफूले धेरै ठाउँमा यात्रा गर्न नसकेपनि राप्रपालाई नै भोट दिन समग्र नेपालीलाई अपिलसमेत गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप