युक्रेन युद्धको सम्मानका लागि हलिउड अभिनेताले जेलेन्स्कीलाई दिए ओस्करको प्रतिमा
चर्चित हलिउड अभिनेता सिन पेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आफ्नो ओस्कारको प्रतिमा दिएका छन् । जेलेन्स्कीको इन्स्टाग्राममा पोष्ट गरिएको भिडियोमा कीभमा भएको भेटमा पेनले युक्रेनी राष्ट्रपतिलाई ओस्करको प्रतिमा झोलाबाट निकालेर जेलेन्स्कीको अगाडि टेबलमा राख्छन्, भन्छन्, ‘ यो तपाईँका लागि हो । हुनत यो मामुली सांकेतिक कुरा हो, तर यदि यो यहाँ तपाईंसँग रह्यो भने संघर्षको लागि सम्मान व्यक्त गरें भन्ने हुन्छ ।’
पेनले अगाडि थपे,‘जुन दिन तपाइँले युद्ध जित्नुहुन्छ, यसलाई मालिबुमा फिर्ता ल्याइदिनु होस् । मेरो एउटा अंश यहाँ छ भनेर थाहा पाउँदा मलाई गर्भ महसुस हुनेछ ।’ पेनले ओस्करको प्रतिमा जेलेन्स्कीलाई हस्तान्तरण गरेपछि युक्रेनी राष्ट्रपतिले उनलाई युक्रेनको ‘अर्डर अफ मेरिट’ दिए । यो समारोहपछि यी दुई किभको सडकमा हिँड्दै र पेनलाई समर्पित मैदानसम्म पुग्छन् । पेनले यसका लागि कृतज्ञता व्यक्त गरेपछि जेलेन्स्कीले सिनको साथसमर्थनको लागि धन्यवाद दिन्छन् ।
आफ्नो इन्स्टाग्राम भिडियोको क्याप्शनमा जेलेन्स्कीले लेखेका छन्, ‘सिनले आफ्नो ओस्कर प्रतिमा हाम्रो देशको विजयमा विश्वासको प्रतीकको रूपमा ल्याए । यो युद्धको अन्त्य सम्म युक्रेनमा हुनेछ ।’ पेनले सन् २००३ मा मिस्टिक रिभर र सन् २००८ मा मिल्कका लागि दुई उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण सुरु गर्दा पेन कीभमै थिएन । त्यस यता उनी निरन्तर जेलेन्स्कीको समर्थनमा अडिग देखिएका छन् । मार्चमा उनले युक्रेनी राष्ट्रपतिलाई एकेडेमी अवार्ड समारोहमा बोल्ने अनुमति दन माग गर्दै त्यसो नभए ‘सार्वजनिक रूपमा उनीसँग रहेको ओस्कारको प्रतिमा पगालिदिने’ धम्की दिएका थिए । कार्यक्रममा जेलेन्स्की देखा परेनन् तर संगीत उद्योगको सबैभन्दा ठूलो अवार्ड ग्रामी अवार्डलाई सम्बोधन गरे ।
युक्रेनप्रतिको समर्थनकै कारण सेप्टेम्बरमा रुसी विदेश मन्त्रालयले हिलारी क्लिन्टनलगायत एक हजार अमेरिकीलाई प्रतिबन्ध लगाउदाँ पेनलाई रुसमा प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।-गार्जियन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त