लगातार तेस्रो दिन पनि घट्यो नेप्से
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबारदेखि घट्न थालेको नेप्से परिसूचक आज बिहीबार पनि घटेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेको थियो । त्यसयता हिजो बुधबार नेप्से परिसूचक ३९ अंकले घटेको थियो । जुन, आज बिहीबार २६.५२ अंकले घटेको हो । यससँगै परिसूचक १८ सय ९३ अंकमा आइपुगेको छ । यस्तै, आज सेन्सेटिभ समूह समेत ४.१७ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ ।
यस क्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९४ लाख रूपैयाँ बराबरको ३१ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । हिजो बुधबार १ अर्ब ४० करोड बराबरको ३६ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको थियो ।
कारोबार समयदेखि घट्न थालेको नेप्सेमा निर्जीवन बीमा समूहमा ८८ अंकको गिरावट आएको छ । यस्तै, जीवन बीमा समूहमा ६९ अंक, उत्पादनमूलक समूहमा ६३ अंक, लघुवित्त बीमा समूहमा ५० अंकको गिरावट आएको छ । यसबाहेक अन्य समूहमा समेत गिरावट आएको छ ।
बजार दोहोरो अंकले घटेको दिन नेप्सेमा अप्पर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरैले गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य करिब ७ प्रतिशतले घटेर प्रतिकित्ता ३६४ रूपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण