बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतले इङल्यान्डलाई दियो १६९ रनको लक्ष्य

बिहीबार, २४ कात्तिक २०७९, १५ : ३१
बिहीबार, २४ कात्तिक २०७९

टी-ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इङल्यान्डलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ । एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।

भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए । विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए ।

इङल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । क्रिस वोक्स र आदील राशिदले एकरएक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप