मंसिर ४ परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको बताएका छन् । बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनविरोधी पक्ष राजामहाराजाको पुर्नस्थापनाको पक्षमा उभिएको बताए ।
‘परिवर्तनका पक्षधर र विरोधीको लडाईजस्तो हुँदैछ मंसिर ४ गतेको निर्वाचन । परिवर्तनको पक्षमा हामी छौं भने हिजोका राजामहाराजालाई पुर्नस्थापित गर्नुपर्छ भन्ने अर्को गठबन्धन छ । त्यसैले सम्मृद्धिको हितमा रहेको हाम्रो गठबन्धनलाई जनताले अत्याधिक विजयी गराउन जरुरी छ’, प्रचण्डको भनाइ छ ।
उनले संविधान मिचेर लोकतन्त्रको हत्या गर्ने प्रयास भएपनि त्यसलाई आफूहरूले असफल पारिदिएको बताए । ‘नेपालमा यदि त्यो सफल भएको भए देश फेरि आन्दोलन र अराजकतामा जान्थ्यो, यद्यपि त्यसलाई हामीले परास्त गर्यौ र स्थानीय हुँदै यो निर्वाचनसम्म आएका छौ’, गोरखा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका प्रचण्डले गठबन्धन नारा नै सम्बृद्धि र विकास भएको बताए । उनले आफ्नो एउटै मात्र सपना रहेको र त्यो भनेको गोरखाबाट आर्थिक सम्बृद्धिको सुरुवात गर्ने र त्यो सम्बृद्धि विश्वले देख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण