प्रधानमन्त्री कप क्रिकेट : एपिएफ फाइनलमा
शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले मधेस प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
मधेस प्रदेशले एपिएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो । जवाफमा एपिएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । एपिएफका लागि लोकेश बमले सर्वाधिक ३५ रनको योगदान दिए भने प्रदीप ऐरीले ३३ तथा आशिफा शेखले २५ रनको योगदान दिए । त्यसैगरी सुमित मर्हजनले १३ रन जोड्दा सन्दिप जोरा छ रनमा अविजित रहे ।
बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंहले तीन विकेट झारे भने राजेश यादवले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । मधेश प्रदेशका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३६ रनको योगदान दिए । सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदील आलमले ११ तथा राजेश यादवले १० रन बनाए ।
एपिएफका कमल ऐरी एक्लैले चार विकेट लिए भने भुवन कार्की र मौसम ढकालले समान २/२ विकेट झारे । भोलि हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखरापुरको जङ्गलमा चितुवा मृत फेला
-
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
-
चिनियाँ एनिमेटेड फिल्म नयाँ रेकर्ड बनाउने बाटोमा
-
अर्धवार्षिक समीक्षा कमजोर भएपछि कर्णालीका कृषिमन्त्रीले गरे कार्यसम्पादन सम्झौता
-
जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग
-
बालेन शाहलाई अमरेशको चुनौती : हिम्मत भए बालुवाटार र शीतल निवास भत्काएर देखाऊ