सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते
बिहीबार, २४ कात्तिक २०७९, १४ : ५२
सल्यानको वनगाड कुपिण्डे नगरपालिका –१० रजेखोलामा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बनगाड कुपिण्डे–१० थापाचौरका १६ वर्षीय तिलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिमबहादुर बुढा, १७ वर्षीय कुलविर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती रहेका छन् ।
चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते ८ जनालाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । ‘रजेखोलाबाट बालुवालोड गरेर थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर सडकदेखि झन्डै ५० मिटर तल खसेको छ,’उनले भने । ट्याक्टर चालक फरार रहेको र खोजीकार्य भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक