देउवाको अपील : गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आह्वान
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न पार्टीका सबै नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । बिहीबार अपील जारी गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनु आवश्यकता रहेको बताएका हुन् ।
‘अहिले कतिवटा सिट संख्यामा कांग्रेस आफैले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्ने भन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन म पार्टीका सबै तहका साथीहरूलाई हार्दिक अपील गर्दछु’, देउवाले भनेका छन् । साथै उनले सम्पूर्ण मतदाता नेपाली दिदी बहिनी दाजुभाइहरुलाई पनि गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपील गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण