आउँदो वर्षबाट बर्दिबास मेडिकल कलेजको निर्माण प्रक्रिया अगाडि बढ्छ : गिरिराजमणि पोखरेल

महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणि पोखरेलले मधेस प्रदेशकै गौरवको योजना रहेको बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण प्रक्रिया आगामी वर्षबाट गरिने बताएका छन् ।
लामो समयदेखि विवादित बन्दै आएको मेडिकल कलेजलाइ आगामी वर्षबाट निर्माण प्रक्रिया अगाडि बढाइने पोखरेलले प्रतिबद्धतापत्रमा नै समावेश गरेका हुन् । डीपीआरदेखि पूर्वाधार निर्माण प्रक्रिया अन्तिम चरणमा रहेकै बेला पर्यावरणविदहरुले सर्वोच्च हालेको रिटमाथि अहिले अन्तरिम आदेश जारी भएको छ ।
मंगलबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कानुनी व्यवधानलाई समाधान गरि छिटोभन्दा छिटो मेडिकल कलेजको काम अगाडि बढाइने विषयलाई पोखरेलले उच्च प्राथमिकतामा राखेको बताएका छन् । पोखरेल स्वास्थ्यमन्त्री हुँदा २०७३ मा नै एक प्रदेश एक मेडिकल भन्ने अवधारणा अन्तर्गत बर्दिबासमा बनाइने प्रस्ताव गरेका थिए । सोही विषयलाई सदनबाट पास गराएर बजेट वक्तव्यमा नै बर्दिबास मेडिकल कलेज निर्माण गरिने योजना समावेश गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते