बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोदावरी नगरपालिका १ का पूर्ववडाध्यक्ष घिमिरेले छाडे एमाले

बिहीबार, २४ कात्तिक २०७९, १२ : २९
बिहीबार, २४ कात्तिक २०७९

२०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएका वडाध्यक्ष बालमुकुन्द घिमिरे कांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोवास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ। 

०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धता बिर्सिएकाले आफूले कांग्रेस रोजेको बताएका छन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन् । दुईपटक एमालेको जिल्ला सचिवालय सदस्यसमेत रहेका घिमिरेलाई कांग्रेस प्रवेश गराउँदै संघीय संसदका उम्मेदवार उदयशमशेर राणाले पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् ।

घिमिरेले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने भन्दै गोदावरीमा भएको घरदैलो अभियानमा बिहीबारदेखि सक्रिय भएको बताएका छन् । ‘म संविधान रक्षाका लागि लड्ने मान्छे हो । विगतमा म एमालेमा रहँदासम्म इमान्दारिताका साथ काम गरेँ । जब केपी ओलीले संसद् विघटन गर्नुभयो, त्यो गैरसंवैधानिक कुरा थियो र पार्टीभित्र मैले त्यतिबेला पनि यो गैर संवैधानिक छ भनेर कुरा उठाएँ । जतिसुकै विवाद भए पनि संविधान र देशको लागि यो गलत कदम हो भनेको थिएँ ।

पछिल्लो दिनमा एमालेले पूर्वपञ्चहरुलाई लिएर गठबन्धन बनायो, यसमा मेरो असहमति हो । नेपाली कांग्रेसले प्रगतिशील र परिवर्तनकारी शक्ति वाम गठबन्धनले गर्दा यो देश, संविधानको रक्षा र जनताकै परिवर्तनका साथै विकास पनि हुन्छ भन्ने कुराले आकर्षित भएर नेपाली कांग्रेस प्रवेश गरेको हुँ । आजैदेखि गठबन्धनलाई जिताउन लागिसकें,’ घिमिरेले भने । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप