सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँडाघारीमा दिनदहाडै गरगहना र नगद चोरी

बिहीबार, २४ कात्तिक २०७९, १२ : १३
बिहीबार, २४ कात्तिक २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी चोकमा दिनदहाडै चोरी भएको छ । काँडाघारीस्थित चन्द्रप्रकाश कोइरालाको घरबाट बुधबार दिउँसो सुनका गरगहना र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नगद र गहनासहित गरेर करिब ७ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको पीडित पक्षले दाबी गरेका छन् । घटनाबारे प्रहरी प्रभाग काँडाघारी र वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप