आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

हलिउड फिल्म ‘अफगान ड्रीमर्स’ मा देखिँदै अभिनेता अली

बिहीबार, २४ कात्तिक २०७९, ११ : ४४
बिहीबार, २४ कात्तिक २०७९

बलिउड अभिनेता अली फजल फेरि हलिउड प्रोजेक्टमा देखिने भएका छन् । यस अगाडि ‘डेथ अन द नाइल’ र ‘कान्दाहार’ जस्ता फिल्ममा काम गरेका अलिले  फिल्म ‘यू डोन्ट ह्याभ टु डाइ’ र ‘ट्विन टावर्स’का लागि ओस्कार जितेका बिल गुटेन्टागको निर्देशनमा बन्ने फिल्म ‘अफगान ड्रीमर्स’ काम गर्न लागेका हुन् । फिल्मको कथा अफगानिस्तानका महिलामा आधारित रहेको बताइन्छ ।

फिल्मको विषयमा अलीले भने, ‘म यो खबर साझा गर्न पाउँदा निकै खुसी छु, मैले बिलको निर्देशनमा काम गर्ने मौका पाएको छु । यो अफगानिस्तानको बारेमा दर्शकहरूलाई नयाँ दृष्टिकोण ल्याउने फिल्म हो ।’

मिडिया रिपोर्टका अनुसार मोरक्कोमा ‘अफगान डिमर्स’ को सुटिङ सुरु भएको छ । सुटिङ करिब ५० दिनसम्म चल्नेछ । फिल्मले अफगानी महिलाहरूलाई विज्ञान र प्रविधिको बारेमा सचेत गराउन मद्दत पुग्ने बिस्वास निर्माण युनिटको छ ।

अली फजलले गत बर्ष जेरार्ड जेम्स बटलरको एक्सन फिल्म ‘कन्दहार’मा देखिने घोषणा गरेका थिए । फिल्म सन् २०२३ मा रिलिज हुने तयारीमा छ । त्यसपछि अली ‘अफगान ड्रीमर्स’मा पनि देखिनेछन् । हलिउड प्रोजेक्ट बाहेक अली चाँडै वेब सिरिज मिर्जापुर सिजन ३ मा पनि देखिनेछन् । 
दैनिक भास्कर 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप