शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यविनायकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिहीबार, २४ कात्तिक २०७९, ११ : २१
बिहीबार, २४ कात्तिक २०७९

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्श बस स्टपमा ट्रकको ठक्करबाट एकजना युवकको ज्यान गयो । कात्तिक २१ मा सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको मे.१ख ३२३७ नम्बरको ट्रकको ठक्करबाट २७ वर्षीय अनुज उपाध्यायको मृत्यु भएको थियो ।

थिमी नगरपालिका वडा नम्बर–२ घर भएका उपाध्याय काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका थिए । अनाथ आश्रममा हुर्केका उपाध्यायले ट्रकमा ठोक्किएर आत्महत्या गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । ट्रकको पछाडि सवारी चलाएर गएका एकजना युवकले भनेका छन्–‘मृतक जानाजान ट्रकको चक्कामुनी गएका हुन्, ट्रक करिब २५ को स्पिडमा जाँदै थियो ।’

ट्रकले किचेर गम्भीर घाइते भएका युवकको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो । शव पोष्टमार्टम पछि आफन्तले बुझेर दाहसंस्कार गरेका छन् । ट्रक चालक झापाको शिवशताक्षी नगरपालिका–१० घर भएका ४० वर्षीय विजय थपलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । घटनाबारे प्रहरी वृत जगातीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप