शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधुमेह भएका महिलामा चाँडै रजनोवृत्ति हुने, विशेषज्ञबाट थाहा पाउनुहोस् कारण

बिहीबार, २४ कात्तिक २०७९, १० : २८
बिहीबार, २४ कात्तिक २०७९

मधुमेहजस्तो गम्भीर रोग पहिले वृद्धवृद्धामा देखिने गरेको भए पनि अहिले सानै उमेरका बालबालिकालाई पनि यसले सताएको छ ।

पुरुषको तुलनामा महिलामा मधुमेहको समस्या पहिले देखिने गरेको छ । मधुमेहबाट ग्रसित महिलामाथि गरिएको एक अनुसन्धानमा सामान्य महिलाको तुलनामा उनीहरुमा चाँडै रजनोवृत्ति हुने कुरा बाहिर आएको छ । क्यानडाका अनुसन्धानकर्ताले एक वृहत् शोधका व्यापक समूहका डाटा प्रयोग गरियो र यसमा मधुमेहको पूर्व रजनोवृत्ति निदान भएका महिलालाई समावेश गरियो । विश्लेषणमा ११,४३६ महिला समावेश थिए । यो अनुसन्धान सार्वजनिक भएपछि मधुमेहद्वारा पीडित महिलाको मनमा एउटै प्रश्न छ र त्यो हो, साधारण महिलाको भन्दा मधुमेहद्वारा ग्रसित महिलाको रजनोवृत्ति किन छिटो हुन्छ ?

यो प्रश्नको जवाफ जान्न ओन्ली माई हेल्थले फोर्टिस अस्पतालकी मधुमेह रोग विशेषज्ञ श्वेता बुध्यालसँग कुरा गरेको छ । डाक्टरका अनुसार मधुमेह जीवनशैलीका कारण निम्तिने रोथ हो जुन गलत खानपान, मोटोपना, शारीरिक परिश्रमको कमी, व्यायाम नगर्ने जस्ता कारणले लाग्छ । आजकाल महिलाहरुलाई सानै उमेरमा पीसीओडी हुन थालेको छ, जसका कारण उनीहरुमा मधुमेह पनि हुने गरेको छ । पीसीओडीको कारण पनि मोटोपन र गलत जीवनशैली हो । जुन महिलालाई गर्भवती हुँदा मधुमेह भएको थियो र सुत्केरी भएपछि निको भएको थियो, उनीहरुलाई पछि गएर मधुमेह हुने सम्भावना बढी हुन्छ, त्यसैले यी महिलाहरुले आफ्नो स्वास्थ्य र जीवनशैलीमाथि ध्यान दिनुपर्छ । यदि तपाईंको पारिवारमा पहिले कसैलाई मधुमेह भइसकेको छ भने, तपाईंलाई पनि यो रोग लाग्न सक्छ, त्यसैले तपाईं सतर्क रहनुहोस् र नियमित चेकअप गराइरहनुहोस् ।

के मधुमेह भएका महिलामा चाँडै रजनोवृत्ति हुन्छ ?

मधुमेह रोग विशेषज्ञ श्वेता बुध्यालले अन्य देशको वातावरण र खाना क्यानडाको भन्दा निकै फरक रहेको बताइन् । तसर्थ, यो अध्ययन यहाँका महिलाहरूमा पनि सही छ कि छैन भन्न गाह्रो छ । उनले मधुमेहका कारण महिलामा चाँडै रजनोवृत्ति आउने सिमित केस हुनसक्ने बताइन् । यो समस्या प्रायः ४५ वर्षको उमेरमा मधुमेहबाट पीडित महिलामा हुने गरेको चिकित्सक बताउँछन् । टाइप २ मधुमेह सामान्यतया ४० वर्षको उमेरमा रजनोवृत्तिबाट सुरु हुन्छ ।

रजनोवृत्तिको कारण महिलाको शरीरमा यस्ता लक्षण देखिन्छन्

रजनोवृत्तिका कारण महिलाको शरीरमा आन्तरिक तथा बाह्य परिवर्तन देखिने चिकित्सक बताउँछन् ।

 कम्मरको माथिल्लो हिस्सामा अचानक तातो महसुस हुनु

राती सुतिरहेका बेला अत्यधिक पसिना आउनु

अचानक तौल बढ्नु

यौनेच्छामा कमी

छाला सुख्खा हुनु

रजनोवृत्तिको समयमा यसरी आफ्नो ख्याल राख्नुहोस्

मधुमेहका कारण महिलाहरूमा चाँडै रजनोवृत्ति भएको खण्डमा शरीरमा धेरै पोषक तत्वहरूको कमी हुन सक्छ, त्यसैले यो समयमा तपाईंले आफ्नो आहारमा ख्याल राख्नु र सन्तुलित आहार खानु आवश्यक छ । आफ्नो दैनिक आहारमा स्याचुरेटेड फ्याट, तेल र चिनी कम गर्ने साथै विभिन्न प्रकारका फलफूल, तरकारी र सम्पूर्ण अन्न समावेश गर्नुहोस् । दूध, दही र चिज जस्ता दुग्धजन्य पदार्थको सेवन गर्नुहोस्, जसले गर्दा शरीरलाई क्याल्सियम, फस्फोरस, पोटासियम, म्याग्नेसियम, भिटामिन–डी र भिटामिन–के प्राप्त हुन्छ । रजनोवृत्तिको कारण थप शारीरिक समस्याहरूबाट बच्न चिया र कफीको सेवन नगर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप