पाकिस्तानसँग फाइनल खेल्ने भारतको लक्ष्य पूरा होला ?

आईसीसी टी–ट्वान्टी विश्वकपमा आज बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारत र इङ्ग्ल्यान्ड भिड्दैछन् । एक–एक पटकका च्याम्पियन दुवै टोली आजको खेलमा जित निकाल्दै पाकिस्तानसँगको भेट पक्का गर्ने योजनामा छन् ।
एडिलेट ओभलमा हुने भारत र इङ्ल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ । पहिलो संस्करणको उपाधि जितेको भारत दोस्रो उपाधिको नजिक पुग्न चाहन्छ । भारतले सन् २००७ मा विश्वकपको उपाधि जितेको थियो ।
भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो । आजको खेलमा जित निकाल्दै भारत तेस्रो पटक फाइनलमा पुग्ने योजनामा छ ।
यता एक पटकको विजेता इङ्ग्ल्यान्ड पनि दोस्रो उपाधिको नजिक पुग्ने योजनामा छ । इङ्ल्यान्डले सन् २०१० को तेस्रो संस्करणको टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्ड २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।
भारत र इङ्ल्यान्डबीच टी–ट्वान्टी अन्तराष्ट्रियमा हालसम्म २२ खेल हुँदा भारत १२ र इङ्ग्ल्यान्ड १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भने भारत हाबी भएको छ । भारत चार खेलमा विजयी हुँदा एक खेलमा इङ्ग्ल्यान्ड विजयी भएको छ ।
विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट