११ हजार कर्मचारी कटौती गर्ने निर्णयपछि जुकरबर्गले मागे माफी
बिहीबार, २४ कात्तिक २०७९, ०९ : ०२

फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन् । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए ।
‘मलाई थाहा छ यो सबैका लागि कठिन छ । म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु,’, प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा लेखे ।
जुकरबर्गले महामारीको समयमा फर्मको राजस्वमा भएको बृद्धिको आधारमा दीर्घकालीन अपेक्षाहरूलाई दोष दिए । ‘धेरै व्यक्तिहरूले यो स्थायी गति हुने भविष्यवाणी गरेका थिए’ उनले लेखे, ‘मैले पनि गरें, त्यसैले मैले महत्वपूर्ण रूपमा हाम्रो लगानी वृद्धि गर्ने निर्णय गरें ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र बेलायतको न्यायिक प्रणाली
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार
-
रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी
-
बार निर्वाचनमा मिश्र प्यानलको २५ वटै पदमा अग्रता
-
आयल निगमको विज्ञ सञ्चालक सदस्य पदमा आवेदन खुला
-
चुनौतीका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि : रवि सिंह