शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

रौतहटमा लाखौँको अवैध चिनी र मल बरामद

बिहीबार, २४ कात्तिक २०७९, ०८ : १३
बिहीबार, २४ कात्तिक २०७९

रौतहटमा प्रहरीले लाखौं मूल्य बराबरको अवैध चिनी र भारतीय मलखाद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी मठियाको संयुक्त टोलीले ईशनाथ नगरपालिका ४ सानोलतमरी गाउँको एउटा घरबाट १५९ बोरा अबैध आयातित भारतीय चिनी र २५ बोरा डिएपी रासायनिक मल बरामद गरेको हो । 

तस्करले अबैधरूपमा भित्र्याएर उक्त स्थानमा ठुलो परिमाणमा चिनी र मल भण्डारण गरिराखेको सूचनाको आधारमा चिनी र मल प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताएका छन ।

बरामद चिनी र मलको कुल ६ लाख ९८ हजार मुल्यांकनसहित आवश्यक कारबाहीको लागि बुधबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रवक्ता मल्लले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप