शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मलावीमा हैजाले २०० जनाको मृत्यु

बिहीबार, २४ कात्तिक २०७९, ०७ : १५
बिहीबार, २४ कात्तिक २०७९

हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ ।  देशको सबैभन्दा खराब प्रकोप मध्ये एक हैजा संक्रमण गत महिना शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । 

गरिब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४९९ जनामा संक्रमण देखिएको  रेकर्ड गरेको छ । राष्ट्रसंघले यसलाई राष्ट्रलाई प्रभावित गर्ने १० वर्ष यताकै  सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार १७४ नयाँ संक्रमण रिपोर्ट गरिएको बताएको छ ।  अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप