आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बारामा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

बुधबार, २३ कात्तिक २०७९, २२ : ०५
बुधबार, २३ कात्तिक २०७९

धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टर पल्टिदा बुधबार साँझ बाराको पचरौतामा चालकको मृत्यु भएको छ । खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडि भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुवर्ण गाउँपालिका-३ बकतवाका २७ वर्षीय जवाहिर सहनी रहेका छन् । पचरौता नगरपालिका ८ स्थित नहरको बाटो नजिक प्र २ ०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर पल्टिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप